काठमाडौं – प्राप्त समाचार अनुसार माओवादी लडाकुको सबै अधिकार सहित विशेष समिति माताहत ल्याउन गरिएको घोषणालाई संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ। शक्तिखोर, चितवनमा लडाकू समिति अन्तर्गत गएको घोषणा गरे लगत्तै काठमाडौंस्थित अमेरिकी दूताबासले एक विज्ञप्ति प्रकाशित गर्दै हस्तान्तरण कार्य ‘शान्ति प्रक्रियामा यो सकारात्मक खुड्किलो’ भन्दै स्वागत गरेको हो।
लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै लडाकूलाई पार्टीबाट अलग गर्ने माओवादी पार्टीको कार्यलाई अमेरिकाले प्रशंसा गरेको छ। अझ पनि शान्ति प्रक्रियाका लागि अमेरिकी सहयोग दूतावासको विज्ञप्तिमा उल्लेख छ।
अन्तरार्ष्ट्रिय समुदाय तथा नेताहरुलाई साक्षी राखेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको सहमतिले शान्ति प्रक्रिया, नयाँ संविधान मस्यौदा तथा नयाँ सरकार गठन प्रक्रियालाई सघाउने आशा अमेरिकाले लिएको छ।