भालुवाङ्गबाट प्राप्त समाचार अनुसार शनिबारदेखि अबरुद्ध भालुवाङ्ग प्यूठान र रोल्पा सदरमुकाम जोड्ने सडक मा एम्बुलेन्स प्रेस र यूएनको गाडीसमेत रोकेका छन ।
नेपाल गजं बाट बिरामी लिएर प्यूठान तोरबाङ्ग लिदै गरेको ग्यास्टीक रोगी गनबहादुर सुनार कालिका बिकास केन्द्र बिजुवारले संचालन गरेको ना १ च ८३४९ एम्बुलेन्स भित्र रहेका प्यूठान तोरबाङ्ग तीनका गन बहादुर सुनारको मृत्यु भएको छ ।
बसको छतबाट खसेर मृत्यु भएको बिषयलाई प्यूठानको वाङ्गेशालमा स्थानियवासीले आठ लाख रुपैया क्षतिपुर्तिको माग गर्दै भालुवाङ्ग प्यूठान सडकको बाङ्गेसालमा शनिबार दिउँसोदेखि लगातार प्रदर्शन गरिरहेका छन ।
सडक अबरुद्ध भएपछि भालुवाङ्ग प्यूठान र रोल्पाका लागि छुटेका लामा तथा छोटा दुरीका सयौ यातायातका साधन र हजारौ यात्रु सडकमै अलपत्र परेका छन् ।
शनिबार दिउँसो बुटवलबाट प्यूठान सदरमुकाम खलंगाको लागि छुटेको लु १ ख २९८० नं को बसको छतबाट खसेर प्यूठानको बाङ्गेशाल-६ विसेदीमा शुकराम रखालको घटनास्थलमै मृत्यु भएको थियो ।
प्यूठान हंसपुर-५ सुजिनपुरका २० वर्षिय शुकराम रखाल दाङ्गको कालाकाटेमा विहेको भोज खाएर घर फर्कदै गर्दा उनी बसको छतबाट खसेर मृत्यू भएको थियो ।अहिले बार्ता सुरु भएको छ । प्रमोद पोख्रेल