यूर्वयुवराज्ञी हिमानी शाहद्बारा आयोजित शिविरमा ११ सयले निःशुल्क उपचार

Photo8

 

– राजेन्द्र मानन्धर

 

दोलखा – आफू अध्यक्ष रहेको हिमानी ट्रष्टले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा यूर्वयुवराज्ञी हिमानी शाह अतिथि बनेर बसिनन् । बरु उनी स्वास्थ्य शिविरभर विरामीलाई हौसला दिने र स्वयमसेवक बनेर खटिन् ।

हिमानी ट्रष्टले नमूना गाउँ बनाउने लक्ष्य लिएको दोलखाको नाम्दू गाविसमा आयोजित शिविरमा ११ सयले निःशुल्क उपचार पाए । चारको शल्यकृया गरियो, बाँकीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरियो ।

शिविरमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. भरत रावत, हाड्डी डा. विशेषज्ञ प्रवीण नेपाल र स्त्रीरोग विशेषज्ञ डा.रीना महर्जन मल्लको टोलीले उपचार गरेका थिए । शिविर समापनमा ट्रष्टका अध्यक्ष हिमानीले स्वास्थ्य शिविर संचालन गरिएको नाम्दू उपस्वास्थ्य चौकीका लागि एक एम्बुलेन्स दिने घोषणा गरिन् । त्यस्तै यसबर्षबाट उत्कृष्ट जिल्लाका एक छात्रालाई स्टाफ नर्स पढ्नका लागि छात्रबृत्ति दिने बताइन् ।