काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति कोइरालाबीच नयाँ सरकार गठन लगायतको विषयमा छलफल भएको छ ।
सोमबार बिहान ठमेलको बैसाली होटलमा भएको छलफलमा आगामी सरकारको नेतृत्व, शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा छलफल भएको दाहालका स्वकीय सचिव समिर दाहालले जानकारी दिए । भेटमा अध्यक्ष दाहालले आफू नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । सभापति कोइरालाले आगामी सरकारको नेतृत्वका विषयमा दलहरुबीच छलफल गरेर एउटा सहमतिमा पुग्न सकिने बताएका थिए ।
मुख्य तीन दलका बैठक अघि ठूला दुई दलका शिर्षस्थ नेताबीच छलफल भएको हो । माओवादी र कांग्रेस दुवै दलले आगामी सरकारको नेतृत्वको दावी गर्दै आएका छन् ।



