काठमाडौं – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ठूलासहित मधेसवादी दलहरु पनि सत्ताको खेलमा लागेको बताएका छन् । मधेसवादी पनि सत्ता राजनीतिमा केन्द्रित हुँदा मधेसका एजेन्डा ओझेलमा परेको उनको भनाइ थियो ।
गजेन्द्र नारायण सिहंको स्मृतिमा बानेश्वरमा आयोजित कार्यक्रममा उनले सत्तालिप्सामा लागेका ठूला पार्टीहरुसँगै मधेसवादी दलहरु पनि पछि लागेको आरोप लगाए । मधेसी मुद्दाकै लागि भन्दै कयौं राजनीतिक दल सक्रिय भए पनि मधेस मुद्दा र मधेसको चाहना अझै संस्थागत नभएको उल्लेख गरे ।



