गोरखा बजारबाट उद्दारको लागि गएको टोली पुगेको छ । भीरबाट खसेको बस पुरै ध्वस्त छ । करिव दुई सय मिटर तल खसेको छ ।
सदरमुकाम गोरखा बजारबाट यात्रु लिएर जिल्लाकै घ्याम्पेशाल तर्फ जाँदै गरेको ना२ख ७२५१ नम्बरको उक्त यात्रु बस दुर्घट्नामा परेको हो ।
बसमा कति यात्रु थिए भन्ने कुरा यकिन हुन सकेको छैन । सबैजसो यात्रुहरु घाइते भएका छन् । घट्नास्थल गोरखाबजारबाट करिव गाडीमा आधा घण्टाको बाटोमा रहेको छ ।



