ताप्लेजुङ – मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले प्रत्येक महिनाको १५ गते गर्दै आएको पुर्वका नौ जिल्ला यो महिना बन्द नगर्ने बताएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य र अरुण-सप्तकोशीपूर्वर्का ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग गदै आह्वान गर्दै केहि महिन अगाडिबाट गर्दै आएको बन्द यो महिनामा १५ गते शनिवार परेको र धरान महोत्सव, धिमाल महोत्सव र दाहाल बन्धुहरुको राष्ट्रिय महाधिवेशन सोही दिन परेको कारण बन्द नहुने परिषदले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चलले आव्हान गरेको अनिश्चितकालिन यातायात बन्दको कारण ताप्लेजुङको जनजीवन प्रभावित भएको छ । सडक दुर्घटनाको विषयलाई लिएर प्रहरीले विमा निर्देशिका २०६६ मा उल्लेख गरिएको भन्दा बढी रकम माग गरेको विरोधमा बन्दको आव्हान गरिएको कोशी अञ्चल संयोजक रमेश भण्डारीले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
बन्दका कारण मेचि अञ्चलको ताप्लेजुङ, पाँचथर, ईलाम र झापाबाट चल्ने कुनै पनि सवारी साधन विहानै बाट चलेका छैनन् ।