बाँके – प्राप्त समाचार अनुसार बाँके जिल्लामा गएराति भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पोखरादेखि बर्दियातर्फ जाँदै गरेको भे१च ६४६३ नंको कार बाँके जिल्लाको बागेश्वरी गाविसको किरण नालामा खस्दा पोखराका ३५ वर्षीय जनार्दन शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो दुर्घटनामा परी बर्दिया जमुनीका ४२ वर्षीय राम भण्डारी र मैनापोखरका कार चालक भोजराज त्रिपाठी गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।