प्रधानमन्त्री नेपालद्वारा माओवादी लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याएपछि शान्ति प्रकृयालाई थप सजिलो भएको उल्लेख (प्रधानमन्त्री नेपालको मन्तव्यको पूर्णपाठ सहित)

काठमाडौं – – काठमाडौंबाट अर्घाखाँचीकमलाई प्राप्त समाचार अनुसार  प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याएपछि शान्ति प्रकृयालाई थप सजिलो बनाएको बताएका छन्। ‘यस कार्यबाट हाम्रो मनोबल बढेको छ,’ नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) द्वारा आयोजित कार्यक्रममा नेपालले भने।

 

उनले लडाकु समायोजन र पुनःस्थापनाका लागि उनीहरुलाई अलग-अलग शिविरहरुमा व्यवस्थित गर्ने, लडाकुको रुचि, क्षमता, योग्यता र आपसी सहमतिका आधारमा समायोजन गर्ने र पुनःस्थापनामा जान चाहनेहरुलाई राहत एवम् अन्य प्याकेजका आधारमा विदाइ गर्ने कामलाई सक्दो छिटो अघि बढाउनुपर्ने बताए। ‘म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, हाम्रा अन्तर्राष्ट्रिय मित्रहरुलाई यस दिशामा रचनात्मक सहयोग दिन आग्रह गर्दछु,’ उनले भने।

प्रधानमन्त्री नेपालको मन्तव्यको पूर्णपाठ :

भद्र महिला तथा सज्जनवृन्द