विराटनगर – नेपाली संचारमाध्यमहरुमा जनाइए अनुसार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले माओवादी र कांग्रेसको सहकार्य बिना शान्ति प्रक्रिया र संविधान लेखनले गति लिन नसक्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंगोमा पु्रयाउन र तोकिएको समयमा संविधान जारी गर्न माओवादीको नेतृत्वमा सरकार गठन गरिनु पर्नेमा जोड दिए ।
बाह्र बुँदे सहमति देखि गणतन्त्रसम्मको यात्रा माओवादी र कांग्रेसको सहकार्यमा सम्भव भएको उल्लेख गर्दै कोइरालाले यी दुई दलबीच सहकार्य नभए शान्ति प्रकृया पनि नटुंगिने र संविधान पनि नलेखिने ठोकुवा गरे । कांग्रेसले माओवादीको नेतृत्वमा सरकार गठन गरेर आफनो मोडल अनुसार शान्ति प्रकृया अघि बढ्नुपर्ने कोइरालको भनाई थियो । तर, माओवादी र एमाले मिलेर सरकार गठन गरे कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए ।
आगामी जेठ १४ मा संविधान जारी नभए संविधान सभाको म्याद थप्न नहुने कोइरालको भनाई थियो । तोकिएको समयामा संविधान जारी गर्न माओवादीको नेतृत्वको सरकारको विकल्प छैन । उनले भने,



