अख्तियारद्वारा कागज बिक्रीमा अनियमितता गरेको भन्दै गोरखापत्र संस्थानमा छापा

काठमाडौं  – काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागज बिक्रीमा अनियमितता गरेको भन्दै बिहीबार गोरखापत्र संस्थानमा छापा मारेको छ ।

भारतबाट खरिद गरेर ल्याएको करिब १ हजार टन कागजमध्ये बिग्रिएको कागजमात्र बिक्री गर्ने भनिए पनि राम्रो कागज बेचेको भन्दै अख्तियारले संस्थानमा छापा मारेको हो । संस्थानले करिब १ हजार ८ सय केजी कागज बिग्रिएको बताएको थियो ।

प्रेसको छपाइमा काम नलाग्ने भनी पन्छाइएका कागजहरु प्रक्रियागतरुपमा नै बिक्री गरिएको संस्थानका सामान्य प्रशासन प्रमुख भाष्कर पौडेलले दाबी गरे । खरिद गर्दा नै धेरै कागज काम नलाग्ने भएकाले समस्या भएको उनले बताए ।

संस्थानको कागज भण्डार गर्ने ठाउँ पनि उपयुक्त नभएको भन्दै सवै कागज नियन्त्रणमा लिएको छ ।