माओवादीद्वारा लडाकु समायोजन सम्बन्धमा नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादीले लडाकु समायोजन सम्बन्धमा नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाली सेनाले  लडाकु समायोजनको मापदण्ड तोक्न नमिल्ने भन्दै माओवादीले यस्ता अभिव्यक्तिले शान्ति प्रक्रियालाई अप्ठयारोमा पार्न सक्ने चेतावनी दिएको छ ।

नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्तरिम संविधानमा व्यवस्था भए अनुसार प्रमाणीकरणमा  परेका लडाकु सम्भावित समायोजनका लागि योग्य हुने भन्दै समूहगत समायोजन अस्वीकार्य हुने संकेत गरेको थियो ।

काठमाडौमा एक रेडियोसंग कुरा  गर्दै माओवादी प्रवक्ता दिननाथ शर्माले शान्ति प्रक्रियाकै महत्वपूर्ण अंग रहेको लडाकुको समायोजन र पुनस्थापनाबारे दलहरुबीच सहमतिको प्रयास भईरहेकै बेला सेनाबाट पछिल्लो आएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरे । उनले भने,