काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठले कांग्रेस र एमालेले एकपछि अर्को सर्त तेर्स्याएपछि सहमति बन्न नसकेको आरोप लगाएका छन् । उनले शान्ति प्रक्रिया सम्बन्धि तत्काल पूरा हुन नसक्ने सर्त राखेर ती दुई दलले गतिरोध लम्ब्याउन चाहेको बताए ।
उपाध्यक्ष श्रेष्ठले माओवादीलाई सरकार गठन सम्बन्धमा कुनै पनि सर्त मान्य नहुने बताए । शान्ति र संविधान निष्कर्षमा पुर्याउन माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिका सरकारको विकल्प नरहेको भन्दै लउनले लचकतापूर्वक पेश हुन अन्य दललाई आग्रह गरे ।
गोकर्णमा भएको बैठकमा सहमति हुनै लागेपनि फेरी दुई दलले कुरा फेरेको उनले आरोप लगाए । सेना समायोजन प्रक्रियाको खाँक बनाएर प्रक्रिया सुरु गर्ने काम प्रधानमन्त्रीको निर्वाचन अगावै पूरा गर्न सम्भव नभएको भन्दै श्रेष्ठले विश्वासको वातावरण निर्माण गर्ने विषयमा भने माओवादी लचक हुन तयार रहेको बताए ।



