काठमाडौ – प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले आफुलाई सरकारको नेतृत्व गर्नबाट रोक्दै आएको दावी गरेका छन् ।
सुनसरीको हाँसपासमा शहिद स्मृती प्राथामिक अवासीय बिद्यालयको उद्घाटन गर्दै उनले आइतवार भारतले आफुलाई सरकार निर्माण प्रकृयाबाट नै टाढा राख्न चाहेको आरोप लगाएका हुन् ।
उनले बि.सं. २०१६ सालमा तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले चीन भ्रमण गरेर आएपछि अपदस्त गरिएको उल्लेख गर्दै आफुले पनि चीन भ्रमण गरेपछि भारतले आप्ठ्यारोमा पार्न चाहेको दावी उनले गरे ।
‘चीन भ्रमणपछि बीपीलाई कहिल्यै प्रधानमन्त्री हुन दिइएन’ उनले भने, ‘मलाई पनि भारतले प्रधानमन्त्री हुन निदन अनेक अवरोधहरु तेर्स्याएका छन् ।’
उनले आफुहरु सहमतीय सरकार निर्माणको लागि अन्तिम अबस्थासम्म लागि पर्ने बताए । साथै माघ २३ गतेसम्म हुने तीन पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि सरकार नबन्ने संकेत आफुले पाएको उनको भनाइ थियो ।
‘मैले प्रधानमन्त्रीको निर्वाचनमा भोट बिगारेर हालेर भएपनि सरकार बन्न नदिने षडयन्त्र भइरहेको संकेत पाएको छु’ उनले भने । संसदमा माघ २० मा पहिलो चुनाव र त्यसले पनि परिणाम नदिएमा त्यसपछि २२ र २३ गते चुनाव गर्ने तय भइसकेको छ । उनले माओवादी बिरुद्ध षडयन्त्र भइरहेकाले जनबिद्रोहको कुनै बिकल्प नभएको पनि बताए ।



