काठमाडौँ – नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठकले सहमतिको सरकार निर्माण गर्नका लागि अधिकतम् प्रयत्न गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय, बल्खुमा अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री निर्वाचनका सम्बन्धमा हालसम्म भएका राजनीतिक छलफललाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
अध्यक्ष खनालले हालसम्मका वार्ताबारे बैठकलाई अवगत गराउनुभएको थियो । पार्टी सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने सम्बन्धमा यही माघ १८ गते केन्द्रीय कमिटीको छैटांै बैठक बस्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।