गौशाला, काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार हिन्दूहरुको पवित्र धार्मिक स्थलमा क्रिश्चियनहरुले शव गाड्न थालेपछि पशुपति क्षेत्रविकास कोषले रोक लगाएको भन्दै राजधानीको गौशाला क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
गौशाला चोकमा सवारी आवागमन अवरोध गरी प्रदर्शन गरिरहेका किरात राईहरुका विभिन्न संस्थाका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा केही घाइते भएको बताइएको छ। सो क्रममा प्रहरीले माओवादीका दुई जना सभासदसहित केहीलाई नियन्त्रणमा लिएको बुझिएको छ।
प्रहरीले लाठी, अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितर वितर भएका थिए । आफ्नो पुर्ख्यौली थलोमा शव गाड्न पाउनुपर्ने मागसहित किरात राईसम्बद्ध विभिन्न संगठन प्रदर्शनमा उत्रिएका हुन् । पशुपतिको श्लेषमान्तक वनमा किरातहरुका नाममा पछिल्लो समय क्रिश्चियनहरुको समाधि निर्माण तिब्र भएको छ। किरातहरुले आफू भूमि पुजक बताए पनि सो क्षेत्रमा क्रिश्चियनहरुको समाधि निर्माण भएका छन् ।