अस्थायी शिक्षकहरुद्वारा स्थायी गर्नुपर्ने मागसहित देशैभरका जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना

काठमाडौ – अस्थायी शिक्षकहरुलाई प्रक्रिया पूरा गरी स्थायी गर्नुपर्ने मागसहित आन्दोलनरत अस्थायी शिक्षक आन्दोलन समितिले आज देशैभरका जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना सुरु गरेका छन् ।


देशैभरका अस्थायी शिक्षकहरुले आज विहान १० देखि ३ बजेसम्म जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना दिने अस्थायी शिक्षक आन्दोलन समितिले जनाएको छ ।


व्यवस्थापिका संसदले २०६३ सालभित्र नियुक्त भएका शिक्षकहरुलाई छुट्टै प्रतिस्पर्धा गरी स्थायी गर्ने विधेयक पारित  भइसकेको अवस्थामा प्रमाणीकरणको बेला सभामुखले खुल्ला प्रतियोगिता उल्लेख गरी त्रुटी गरेकोले त्यसलाई सच्याउन पनि आन्दोलनरत शिक्षकहरुले माग गरेका छन् ।