कालीकोट – प्राप्त समाचार अनुसार जिल्ला कार्यसमिति मनोनित गर्ने सम्बन्धमा विवाद चर्किदा नेपाली काँग्रेस कालीकोटमा २०० जना कार्यकर्ताले प्रशिक्षण बहिस्कार गर्दै सामूहिक राजीनामा दिएका छन् ।
जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणको क्रममा बिना जानकारी प्रशिक्षण गर्दा अधिकांश कार्यकर्ताहरू असन्तुष्ट हुँदै सोमबार सामूहिक राजीनामा दिइएको बताइएको छ ।
जिल्लास्तरमा उपसभापति, सहसभापतिलगायतका अन्य सदस्यहरू मनोनीतमा आफ्नो पक्षका नातागोता र पछिल्लो चरण पार्टीमा आएकाहरू माथिल्लो ओहोदामा आएको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।
असन्तुष्ट पक्षका पूर्व जिल्ला सदस्य जनकबहादुर शाहीले पार्टी नेतृत्वले सही ढङ्गले कार्यकर्ताको त्याग बलिदान नबुझी आफ्नो शासन लादेकाले मुग्राह गाविसका २०० जनाले राजीनामा दिएको बताए ।
जिल्ला कार्यसमिति सदस्य मोतिराज बमले सामूहिक राजीनामा र असन्तुष्टको कारणबारे जिल्ला कार्य समितिमा लिखित वा मौखिक कुनै पनि जानकारी नआएको स्पष्ट गरे ।