गोरखा – प्राप्त समाचार अनुसार नेकपा -एमाले)का पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई सोमबार एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड लगाएका छन् ।
प्रधानमन्त्री बनाउने विषयलाई लिएर उहाँलाई एमालेकै कार्यकर्ताले थप्पड लगाएका हुन् । ती एमाले कार्यकर्ताको भने नाम सार्वजनिक गरिएको छैन ।
प्रशिक्षण समापनपछि पार्टी कार्यालय निरीक्षण गर्न आउने क्रममा नेता अधिकारीलाई गालामा दुईपटक हानेपछि के गरेको भनी अरुले रोकेपछि उनले छोडेका थिए ।
प्रहरीले कारबाहीका लागि लैजान खोजे पनि घटनाको समाचार बन्न सक्छ भ्ान्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमान्नु भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सूर्य थापाले बताउनुभयो । एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्न गोरखा आउनुभएको थियो ।