जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) ले आह्वान गरेको मधेस बन्दबाट जनजीवन प्रभावित

जनकपुर – प्राप्त समाचार अनुसार  जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) ले आह्वान गरेको मधेस बन्दको प्रभाव मंगलवार विहानै देखि जनकपुरमा पनि देखियो ।

नगर क्षेत्रका अधिकांश पसल बन्द रहे । विद्यालय कलेज पनि चलेनन् । लामो र छोटो दूरीका सवारी साधनहरु पनि चलेनन् ।

रारावस्थित स्वतन्त्र विद्यार्थी युनियनका पूर्व उपसभापति दीपेन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको उल्लेख गर्दै मोर्चाले मंगलवार तराई मधेस बन्दको आह्वान गरेको थियो ।

मोर्चाले घोषणा गरेको कार्यक्रम अन्तरगत सोमवार साँझ मसाल र फाईरिंग जुलुस पनि गरेको थियो । बन्दलाई दृष्टिगत गरी स्थानीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।