प्रधानमन्त्रीका आफ्ना उम्मेदवार झलनाथ खनाललाई बिहीबार हुने प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्न एमालेद्वारा सबैदललाई आग्रह

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार नेकपा एमालेले संसदीय दलले प्रधानमन्त्रीका आफ्ना उम्मेदवार झलनाथ खनाललाई बिहीबार हुने प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्न सबैदललाई आग्रह गरेको छ । संसदीय दलको बुधबार बसेको बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउन खनालको नेतृत्व सक्षम हुने निष्कर्ष निकाल्दै समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तिम समयसम्म सहमतिका लागि पहल गर्ने निर्णय समेत गरेको छ । एमाले संसदीय दलले भोली हुने प्रधानमन्त्री निर्वाचनमा सहभागी हुन सभासदलाई ह्रवीप जारी गरेको छ ।

 यसैबीच संसदीय दलले दुर्घटनामा मृत्यु भएका सभासद डम्बर खडकाको नाममा खुल्न लागेको ट्रष्टमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । संविधानसभा निर्वाचनमा संखुवासभा २ बाट निर्वाचित खडकाको गत महिना सवारी दुर्घटनामा परी निधन भएको थियो ।