काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता गराएका छन्। मधेसी र साना दलले आफूलाई समर्थन गर्ने बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यो दर्ताले नराम्रो धक्का पुर्याएको छ।
गच्छदारले आफूलाई १७ दलको समर्थन रहेको दाबी गरेका छन्।
नेपाल दलित जनजाति पार्टीका अध्यक्ष विशेन्द्र पासवानले आफूहरुले गच्छदारलाई समर्थन गर्ने बताउँदै भने- हामीसँग १४२ मत छ। अब हाम्रो प्रतिस्पर्धा माओवादीसँग हुनेछ।
यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले गच्छदार आफूहरुको पनि उम्मेद्वार भएको प्रतिक्रिया दिएका छन्।