मर्न तयार होऊ हरबखत क्रान्तिको निम्ति (गजल)

– राहुल पुन

 

मर्न तयार होऊ हरबखत क्रान्तिको निम्ति

तर्न तयार होऊ जंघारहरु परिवर्तनको निम्ति

 

त्यसै पाईदैन अधिकार अन्तमा लड्नैपर्छ

गर्न तयार होऊ मृत्युवरण अधिकारको निम्ति

 

कहाँ आउँछ शान्ति कामना गरेर मात्र

छर्न तयार होऊ विजहरु शान्तिको निम्ति

 

मागेर पाईदैन जबर्जस्ती खोस्नै पर्छ

सर्न तयार होऊ अगाडि समानताको निम्ति

 

आफन्त भन्दा देशको माया माथि हुन्छ

मर्न तयार होऊ जनता र देशको मुक्तिको निम्ति