बर्दिया जिल्लामा एचआईभी एड्स संक्रमितहरुको संख्या १ सय ७६

बर्दिया – बर्दिया जिल्लामा एचआईभी एड्स संक्रमितहरुको संख्या १ सय ७६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ती मध्ये १७ जना बालबालिका रहेका छन् ।


कार्यालयकी सिनियर एक्जुलरी हेल्थ वर्कर गीता घिमिरेका अनुसार एचआईभी जाँच गर्ने सेवा संचालन गरिएका दुई ठाउँमा रगत परीक्षण गरिएका मध्य संख्यामा संक्रमित भेसटएका हुन् ।


सदरमुकाम गुलरियामा रहेको गेरुवा ग्रामीण जागरण संघ र भुरीगाउँमा ईन्सार्क संस्थाले निशुल्क जाँच सेवा संचालन गरिरहेका छन् ।


ती मध्य गेरुवामा जँचाएका मध्य ५१ जना पुरुष र ५७ जना महिला संक्रमित भएको पाईएको छ । उहाँका अनुसार संक्रमीत गर्भवती महिलाबाट शिशुमा एचआईभी सर्ने गरको छ । तर गर्भरहेको समयदेखि स्वास्थ्य संस्थाको निगरानीमा रहने, स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराएमा शिशुलाई सर्ने सम्भावना कम हुने घिमिरेको भनाई छ ।