सुनसरीका विभिन्न खेलकुद क्षेत्र संग आवद्ध खेलाडिहरुद्वारा जिल्ला खेलकुद विकास समितिमा अनिश्चितकालिन तालाबन्दी

धरान  – प्राप्त समाचार अनुसार  सुनसरीका विभिन्न खेलकुद क्षेत्र संग आवद्ध खेलाडिहरुले जिल्ला खेलकुद विकास समितिमा विहिबार देखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् । खेलकुद र खेलाडीको भावना विपरित राष्ट्रिय खेलकुद परिषदले आफुखुशी निर्णय गरेको भन्दै खेलाडिहरुले तालाबन्दी गरेको हो ।

परिषदले दक्ष र व्याबसायिक खेलाडि उत्पादन गर्न मुलुक भरबाट ३९ खेलका लागि ७ सय ५१ जनालाई गत असोज ३ गते देखि तीन महिना सम्म राष्ट्रिय सहायक प्रशिक्षक तालिम दिएर पनि तालिम नै नलिएकालाई उक्त पदमा नियुक्ती गर्न थाले पछि खेलाडिहरुले तालाबन्दी गरेको हो । 

सहायक प्रशिक्षक राष्ट्रिय संघर्ष समितिका उपाध्यक्ष गोपाल राईले प्रशिक्षक पदका लागि अन्तर्वाता समेत पास गरिसकेकालाई नियुक्ती नदिएर अन्यलाई मात्र नियुक्ती दिएकाले संघर्षमा उत्रन बाध्य भएको बताए ।