झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहद्वारा बधाई तथा शुभकामना / बधाई आउने क्रम जारी

Photo8

 

काठमाडौ – नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले बधाई तथा शुभकामना दिनुभएको छ ।

 

 एमालेले पार्टीका अध्यक्ष झलनाथ खनाल  प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा आज बधाई तथा स्वागत कार्यक्रम गर्ने भएको छ ।


प्रधानमन्त्रीको स्वागतमा एमालेले बिहान ११ बजे केन्द्रीय कार्यालय बल्खुमा कार्यक्रम गर्न लागेको हो । नयाँ निर्वाचित प्रधानमन्त्रीलाई बधाई आउने क्रम जारी लामो प्रक्रियापछि नेपालमा नयाँ प्रधानमन्त्री चुनिएकोमा विभिन्न देशले खुसी व्यक्त गर्दैर् बधाई दिने क्रम जारी छ ।

 

यसैगरी अमेरिका जापानका सरकार प्रमुखले पनि पनि बधाई सन्देश पठाएका छन् । यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले नेपालमा नयाँ प्रधानमन्त्री चुनिएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री खनाललाई बधाई सन्देश पठाउनुभएको छ  । वानले नेपालको शान्ति र संविधान निर्माणका लागि नयाँ सरकारको भूमिका सफल हुने विश्वास पनि व्यक्त  गर्नुभएको छ ।