संयुक्त मधेसी मोर्चाद्वारा प्रतिपक्षमा बस्ने निर्णय

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार संयुक्त मधेसी मोर्चाले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। तर यो बैठकमा मोर्चाका पाँच घटकमध्ये फोरम नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल भने सहभागी थिएनन्।

 

बैठकले प्रतिपक्षमै बसेर सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने निर्णय गरेको छ। ‘बैठकले सरकारलाई प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय गर्‍यो’- बैठकका एक सहभागी नेताले जानकारी दिए।

बैठकमा सहभागी हुनेमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराइ मधेस लोकतान्त्रिक पार्टी र सद्‍भावना पार्टी थिए। अनुपस्थित हुने दुई दलले बिहीबारको प्रधानमन्त्री निर्वाचनमा उपप्रधान मन्त्री विजयकुमार गच्छदारलाई मत दिएका थिए।