मङ्गलबारे, इलाम – एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको गृह जिल्ला इलाममा खुसियाली छाएको छ । इलाम जिल्ला क्षेत्र नं १ बाट संविधानसभामा विजयी खनाल प्रधानमन्त्री भएपछि इलामवासी खुसी भएका हुन् । उनको घर भएको साँखेजुङ आसपासमा विजयसभा मनाउने तयारीसमेत भएको बताइएको छ ।
सानैदेखि राजनीतिप्रति लगनशील रहनुभएका खनाल प्रधानमन्त्री भएपछि परिवारमात्र नभएर समग्र जिल्ला नै उत्साहित बनेको छ, उनका भाइ पोटनाथ खनालले भने । बुबा पुङ्कनाथ र आमा मधुमाताका सातौँ सन्तानका रूपमा विसं २००६ साल चैत ३ गते इलामको साँखेजुङ



