भारतको दश दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति यादव स्वदेश फिर्ता

Ram Baran Yadav, Manmohan Singh

 

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार  राष्ट्रपति रामवरण यादव भारतको दश दिने औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किएका छन्। राष्ट्रपति यादव काठमाडौं विमानस्थलमा उत्रँदा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

 

भारत भ्रमणमा उनले भारतीय राष्ट्रपति प्रतिभा पाटिल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगयात मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

 

कोलकाताबाट भारत भ्रमण सुरु गरेका राष्ट्रपतिले कोलकाताबाट तिरुपति, हैदरावाद, दिल्ली, चण्डीगढहुँदै पुनः दिल्ली आएर स्वदेश फर्केका हुन्।


राष्ट्रपतिसँग उनकी छोरी अनिता यादव, कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, राजनीतिक सल्लाहकार हरि शर्मा, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, नायव शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, एक जना निजी चिकित्सक, दुई जना सुरक्षा गार्ड लगायत भ्रमण टोलीमा थिए।

संस्कृतीमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र सचिव मदन भट्टराई र सहसचिव हरिकुमार श्रेष्ठ दिल्लीबाट भ्रमण टोलीमा सहभागी भएका थिए।