१३ विद्यार्थी सङ्गठनद्वारा बस भाडा र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं – प्राप्त समाचार अनुसार १३ विद्यार्थी सङ्गठनको संयुक्त बैठकले हालै सरकारले गरेको यातायात भाडा वृद्धि तत्काल फिर्ता लिन भनेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसमेत फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि अनेरास्ववियुको केन्द्रीय कार्यालयमा आइतबार बसेको उक्त बैठकले दिएको छ।

 

उनीहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति


१) सरकारले सार्वजनिक यातायातको भाडामा गरेको वृद्धिप्रति देशका जिम्मेवार विद्यार्थी सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यो निर्णय विगतमा  वैज्ञानिक भाडादार निर्धारण कार्यदल गठन गरी विद्यार्थीलगायतका सम्पूर्ण सरोकारवाला निकायको सहभागितामा मात्रै भाडा दर निर्धारण गर्ने सहमतिको ठाडो उलङ्घन हो। तसर्थ संयुक्त विद्यार्थी सङ्गठन वृद्धि गरिएको भाडा वृद्धि तत्काल फिर्ता लिई पुरानो भाडा दर कार्यान्वयन गर्न र कार्यदललाई सक्रिय बनाई तत्काल वैज्ञानिक भाडा निर्धारणको वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गर्दछौं ।

२) पेट्रोलियम पदार्थमा मूल्य वृद्धि विरोधी संयुक्त आन्दोलन जारी छ। सरकारबाट बढाइएको मूल्य घटाई घटाइएको मूल्यमा विद्यार्थीहरुलाई सहुलियतको व्यवस्था गर्ने सन्दर्भमा संयुक्त विद्यार्थी सङ्गठनसँग विगतमा गरिएको सहमति तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं। अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं ।

३)  भारतीय पक्षबाट कोशी ब्यारेकका सम्पूर्ण ढोका बन्द गरी नेपालको सीमा क्षेत्रको ठूलो भूभाग डुवानमा परेको छ। द्विपक्षीय हितविपरितका उक्त कार्य नदोहोर्‍याउने गरी राष्ट्र हित रक्षाको पक्षमा दृढतापूर्वक उत्रन नेपाल सरकारलाई माग गर्दछौं। साथै पीडित नेपाली जनतालाई राहत तथा क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गर्दछौं ।

४) लामो समयसम्म सरकार निर्माण गर्न नसकिरहेको वर्तमान अवस्थाको अत्य गर्दै व्यवस्थापिका संसदबाट नेकपा (एमाले) का अध्यक्ष कमरेड झलनाथ खनाल प्रधान मन्त्रीमा निर्वाचित हुनुभएको छ। संयुक्त विद्यार्थी सङ्गठन नवगठित सरकारलाई शान्ति प्रकृयालाई पूर्णतामा पुर्‍याउन र निर्धारित समयभित्र लोकतान्त्रिक नयाँ संविधान निमार्ण गर्ने अपेक्षासहित शुभकामना व्यक्त गर्दछ।

माधव ढुङ्गेल          मनोजमणि आचार्य             जागृर्त रायमाझी                          भाष्कर काफ्ले
अनेरास्ववियु           नेविसंघ                            अनेरास्ववियु (क्रान्तिकारी           अनेरास्ववियु (पाचौं)
अध्यक्ष                  महामन्त्री                               उपाध्यक्ष                                    संयोजक   


अर्जुन कार्की                 रवीन्द्र ज्याख्व          घनश्याम न्यौपाने               रामेश्वर यादव
अखिल (एकीकृत)          नेक्राविसङ्घ            छैटौं                                    म.वि फ्र
अध्यक्ष                         अध्यक्ष                   उपाध्यक्ष                             अध्यक्ष