काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मन्त्रालयको सम्मानजक बाँडफाँडपछि आजभोलि नै मन्त्रिपरिषद् विस्तार हुने उनले बताए ।
सोमबार एमाले संसदीय दलको कार्यालयमा भएको माओवादी-एमाले शीर्ष नेताहरुको बैठकपछि दाहालले साँत बुँदे सहमतिमा देखिएको अस्पष्टतासमेत अन्त्य भएको दाबी गरे ।
मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन सोमबार बिहान बसेको माओवादी-एमाले शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन सकिएको छ ।



