पत्रकारलाई मार्ने धम्की, पत्रिका वितरणमा रोकको बिरोधमा सल्यानका पत्रकार आन्दोलित

२४ माघ, सल्यान- स्थानीय पत्रकार दुर्गा विसि माथि भएको साङ्घातिक आक्रमणको विरोधमा सल्यानका पत्रकार आन्दोलित भएका छन् । उनीहरुले नेपाल पत्रकार महासंघको अगुवाईमा सदरमुकाम खलङ्गामा सोमबार विरोध र्‍याली निकालेका छन् ।


उनीहरुले तत्काल दोषि पत्ता लगाई कारवाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।


रेडियो राप्ती एफएम सल्यानमा कार्यरत  संचारकर्मी विसीमाथि हिजो बेलुकी ८ बजे सल्यानको मुलखोला ८ मा अज्ञात समूहले आक्रमण गरेको थियो ।


 ५ जनाको समुहमा रहेका आक्रमणकारीको खुकुरी प्रहारबाट विसीको टाउको, हात र खुट्टा गरी ७ ठाउँमा चोट लागेको छ । विसिको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।


यसैबीच इलाका प्रहरी कार्यालय सल्लीबजारको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

 

यसैबिच प्राप्त अर्को समाचार अनुसार :


पत्रकारलाई मार्ने धम्की, पत्रिका वितरणमा रोक

 

गणेश लम्साल

 

२३ माघ, पानी टयाङ्की – समाचारको विषयलाई लिएर पत्रिकाले सार्वजनिक माफी माग्नुपर्ने भन्दै मोरङको पथरीमा आइतबार एक समुहले औजार दैनिक पत्रिका वितरणमा रोक लगाएको छ ।

 

घडेरी प्लटिङगको लागि स्थानीय खोलाबाट अवैध रुपमा गिट्टीबालुवा निकालेको विषयमा पत्रिमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर स्थानीय एमाले नेता किशोर राईको निर्देशनमा साजन धिमाल लगायतका युवा समुहले एकाविहानै एक हजार प्रति पत्रिका नियन्त्रणमा लिएको हो ।

 

 सो समूहले पत्रिकाका स्थानीय संवाददाता अर्जुन जम्नेली राईलाई ज्यान मार्ने धम्कीसमेत दिएको औजार दैनिक पथरी शाखाका व्यावस्थापक विजय खम्बुले जानकारी दिनुभयो ।

 

उनीहरुले समाचारको विषयमा पत्रिकाले सार्बजनिक माफी नमागे पूर्व क्षेत्रमै पत्रिका वितरणमा रोक लगाउने धम्की दिएका छन् । औजार दैनिक धरानबाट प्रकाशित पूर्वक्षेत्रको