एकिकृत माओवादीद्वारा गृह,परराष्ट्र र संचार सहित पन्ध्र मन्त्रालय आफूले पाउनुपर्ने माग

प्राप्त समाचार अनुसार एकिकृत नेकपा माओवादीले गृह,परराष्ट्र र संचार सहित पन्ध्र मन्त्रालय आफूले पाउनुपर्ने वताएको छ । माओवादी सचिव तथा संसदीय दलका प्रमुख सचेतक पोष्टवहादुर वोगटीले सत्ता समिकरणको लागि माओवादीले महत्वपूर्ण मन्त्रालय पाउनु पर्ने वताएका हुन् ।


क्रा्रिन्तकारी पत्रकार संघ नुवाकोटले आज नुवाकोटको माझिटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता वोगटीले माओवादी सवैभन्दा ठूलो दल भएकोले सत्ता समिकरणमा पनि सोही अनुसार स्थान पाउनुपर्ने वताए ।
माओवादी सचिव वोगटीले माओवादी र एमालेबिच भएको सात वुदे सहमती वृहत शान्ति संर्झौता र अन्तरिम संविधान विपरित नभएको जिकीर समेत गरे । उनले सरकार गठन बहुमतीय आधारमा भएपनि संविधान लेखन र शान्ति प्रकृया सहमतीमा नै अगाडि वर्ढाईने वताए ।

 

अन्तरिम संविधानको प्रावधान अनुसार संविधान जारी गर्न दुर्इ तिहाई आवस्यक रहेको स्थितीमा कांग्रेस वाहेक दुर्इ तिहाई पुग्ने अवस्था आएपनि कांग्रेसलाई सहमत नगरी संविधान जारी नगर्ने प्रतिवद्धता व्यक्त गरे ।