जनकपुर – तराईका संचारमाध्यमहरुले उल्लेख गरे अनुसार उत्तरी धनुषाको यज्ञभूमि गाविस-४मा अज्ञात समूहले आईतवार राति एक व्यक्तिलाई गोली हानी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार-यज्ञभूमि ४का ४५वर्षीय पल्टु महतोलाई राति १२ वजे घरबाट बाहिर लगि गोली हानी हत्या गरिएको हो । मृतक महतो माओवादीका कार्यकर्ता रहेको बताईएको छ ।
प्रहरी नायव उपरीक्षक जगदीश पोख्रेलले घटनाको छानवीन तथा अपराधीको खोजी भई रहेको बताएका छन् ।