नागरिकताका नाममा केही राजनितीक दल हरुले गैरराजनिती गरेको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी द्वारा आरोप

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नागरिकताकानाममा तराई र केही राजनीतिकदलले ठूलो राजनीति गरेको आरोप ललगाएका छन् । उनले देश र राष्ट्रियताका लागि सजगभएर आन्दोलनमा उत्रन सबैलाई आह्वान गरे ।


मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले मुलुकको राष्ट्रियता खतरामा पर्न थालेको आरोप लगाए । राष्ट्र र राष्ट्रियताका लागि आफुले देशव्यापी अभियान सुरु गरेको उनले बताए ।


२०६३ सातमा ४० लाखलाई नागरिकता वितरण भएको बताकाअध्यक्ष केसीले अब पनि ३५ लाखले नागरिकता नपाएको भन्दै मधेसमा कुरा उठ्नु जायज नरहेको बताए । खुल्ला सिमाना भएको ठाउँमा नागरिकता वितरण गर्दै जाने हो भने स्थानिय नेपाली नागरिक अल्पमतमा पर्ने चेतावनी दिए ।


राष्ट्र र राष्ट्रियताको लागि नागरिक अभियान भन्ने मुल नाराका साथ सुरु भएको देशव्यापी अभियानका लागि बिभिन्न क्षेत्रकाअग्रजहरुले समर्थन समेत गरेका छन् । उनीहरुले नेपाललाई सिक्किमीकरण हुन नदिनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।


सिमाविद् चेतेन्द्रजंग हिमालीले राष्ट्रियताको आन्दोलन मुलुकका लागिअति आवश्यक रहेको बताए । बामपन्थी नेता हिरण्यलाल श्रेष्ठले नागरिकताका साथ साथै राष्ट्रियतामा खतरा परेको भन्दै खुल्ला सिमाना रहेको स्थानमा जन्मको आधारमा नागरिकता दिननहुने सुझाव दिए ।


कार्यक्रममा इतिहासविद् सुरेन्द्र केसी, अधिवक्ताऋषि घिमिरे, अधिवक्ता सरोज कोइराला, अधिवक्ता चन्द्रकान्ता ज्ञवालीलगायतले भारतीयभाषा संस्कृतिको अतिक्रमण र राजनीतिमा हस्तक्षेप हुनु सिक्किमीकरणको खतरा रहेको उल्लेख गरे।