काठमाडौ – प्राप्त समाचार अनुसार लोकतन्त्र र विश्व मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो आगामी साता नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
भारत भुटान हुँदै नेपाल आउन लागेकी उपविदेशमन्त्री मारियाले नेपालको शान्ति प्रक्रिया र भुटानी शरणार्थी समस्याबारे कुरा गर्नु हुनेछ । ओबामा प्रसाशनकी वरिष्ठ अधिकारी मानिने मारियाले फागुन १ र २ गते नेपालको भ्रमण गर्न लाग्नु भएको अन्तराष्ट्रिय संचार माध्यमहहरुले जनाएका छन ।
भुटानी सरणार्थी समस्या समस्याबारे भुटानी प्रधानमन्त्री थिन्लेसंग थिम्पुमा कुरा गर्नु हुनेछ । यस्तै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणबारे नेपाली राजनीतिज्ञ र नागरिक समाजका प्रतिनिधिसंग उहाँले छलफल गर्नु हुनेछ ।
नेपाल भ्रमणका क्रममा मारियाले अमेरिकी सहयोगमा संचालित जोखिम व्यवस्थापन सम्बन्धी परियोजनको निरीक्षण गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।