प्रहरीको गोलीबाट दार्जलिङमा तिन आन्दोलनकारी मारिए/तनाव बढ्दै

प्रहरीको गोलीले तिन आन्दोलनकारीको ज्यान गएपछी दार्जलिङमा तनाब बढेको छ । जलपाई गुडी जिल्लाको नाग्रास्थित सिब्चुमा रिलेअनशन गरिरहेका मोर्चको भगिनी संस्था नारी मोर्चाका कर्यकर्तामाथी प्रहरीले गोली चलाएको थियो । गोर्खा जनमुक्तिमोर्चाले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका दुई महिला र एक युवकको मृत्यु भएको दार्जलिङका संचारमाध्यमहरुले जनाएका छन् ।


मृत्यु हुनेको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् । दार्जलिङको डुर्वसमा भएको प्रर्दशनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको मोर्चाका नेताहरुले जनाएका छन् । गोली लागि दर्जनौं नेपालीभाषी घाइते भएका छन् । पश्चिम बंगाल सरकारले नेपाली भाषीको आन्दोलन दबाउन बिगत केही दिनदेखि डुवर्सक्षेत्रमा अर्धसैनिक बल परिचालन गरेको छ । प्रहरीले स्थानीयवासीलाई समुहमा हिड्नसमेत बन्देज लगाएको छ । प्रहरी दमनको बिरोधमा मोर्चाले अनिश्चीतकालिन दार्जलिङ बन्दको आह्वानसमेत गरेको छ ।