मधेसी जनअधिकार फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं – मधेसी जनअधिकार फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि अन्य मन्त्रीको टुंगो लगाउने फोरम स्रोतले जनाएको छ । अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने पक्षमा अर्का बरिष्ठ नेता जयप्रकाश प्रसाद गुप्ता पनि सहमत छन् ।

सरकारको नेतृत्व गरेको एमालेले फोरमलाई तीन मन्त्रालय दिने मनस्थिति बनाए पनि उसले थप एक मन्त्रालय माग गरेको फोरम स्रोतको दाबी छ ।