नेपाल पत्रकार महासंघ गुल्मीले यसवर्षको कृयाशील पत्रकारीता पुरस्कारबाट पत्रकार तथा महिला मानबअधिकारकर्मी गगनशिला खड्का र पत्रकार प्रेम सुनारलाई सम्मानित गर्ने भएको छ । महासंघको फागुन ६ र ७ गते हुने जिल्ला अधिबेशनमा पत्रकारद्वयलाई सो पुरुस्कारबाट सम्मान गरीने नेपाल पत्रकार महासंघ गुल्मी शाखा अध्यक्ष जनार्दन घिमीरेले जानकारी दिनुभयो ।
पत्रकार खड्का २०६४ सालदेखि पत्रकारीता पेशामा संलग्न भई विभिन्न सञ्चारमाध्यममा संलग्न हुनुहुन्छ भने पत्रकार सुनार विगत २०५३ सालदेखि पत्रकारीता पेशामा रहि कृयाशिल हनुहुन्छ । रेडियो रेसुङ्गामा समाचार उत्पादक तथा र सयपत्री एफ एमको समाचारदाताको रुपबाट जिल्लाभित्र कृयाशिल पहिलो महिला पत्रकारको रुपमा रहेकी खड्का अहिले रेडियो गुल्मीको समाचारप्रमुख, नयाँपत्रिका, नेपालबाणी नेटवर्क, रेडियो नेपाल, सगरमाथा टेलिभिजन, लुम्बिनी राष्ट्रिय दैनिक, मुक्ति एफ एम, रेडियो परासी, लगायतका सञ्चारमाध्यममा संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । १९ वषर्ीया खड्का लुम्वनी अञ्चलकै सबैभन्दा कम उमेरको रेडियो समाचार प्रमुख पनि हुनुहुन्छ । वि.एड प्रथम बर्षमा अध्ययनरत खड्कालाई नेपाल पत्रकार महासंघले यसवर्षदेखि साधारण सदस्यतासमेत प्रदान गरेको छ ।
खड्का महिला मानबअधिकार रक्षक सञ्जाल गुल्मीको सचिबसमेत हुनुहुन्छ ।
यसैबीच पत्रकार महासंघ गुल्मी शाखाको तेस्रो जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सम्पन्न गर्ने बैठकले अधिवेशनका लागी नेपाल बार एसोसीएसनका अध्यक्ष पे्रमराज आर्चायको संयोजकत्वमा नारायण ज्ञवाली र श्रीप्रसाद भलामी रहनुभएको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
साथै बैठकले शाखा अध्यक्ष जर्नादन घिमिरेको संयोजकत्वमा कार्यबाहक सचिब भरत पाण्डेय र नरेश भण्डारी रहनुभएको ३ सदस्यीय साङ्गठनिक प्रतिवेदन समिति र कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सदस्य ज्ञानबहादुर महतारा सदस्य रहनुभएको आर्थिक प्रतिवेदन समिति समेत गठन गरेको छ । संस्थाको लेखा परीक्षणका लागि चिरञ्जिवी शर्मा भण्डारीलाई लेखा परीक्षक नियुक्त गर्नेसमेत बैठकले निर्णय गरेको छ ।



