वीरगन्ज – वीरगन्जबाट प्राप्त खबर अनुसार दुई युवा समूहबीच शुक्रबार विहान झगडा हुँदा कलेज पढ्न हिडेका एकको मृत्यु भएको प्रहरीले जनाएको छ । नेशनल ऐकेडेमीमा कक्षा १२ मा अध्ययनरत वीरगन्ज १८ भिस्वा निवासी १७ वर्षीय प्रवीण कुमार सिंहको मृत्यु भएको छ । उपचारका लागि यहाँ स्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेकोले अत्यधिक रक्तश्राव भई सिंहको मृत्यू भएको चिकित्सकले जनाएका छन् । हत्यामा संलग्न रहेका सिद्यार्थ इन्टरनेशनलका एक विधार्थीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार विहान करिब ६ बजे कलेज जान लागेका सिंह र उनका एक सहपाठीलाई पानीट्यांकी चोकमा ६ जनाको समूहले रोकेर विवाद गरेको थियो । केही समयको अन्तरालमा विवाद चर्के पछि हातमा लिएको रडले अर्को समूहले सिंहको टाउकोमा प्रहार गरेका थिए । सिंह भूँइमा लडेपछि उनीहरु भागेको स्थानिय सुमित कुमारले बताए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मुर्ली १५ स्थित सिद्यार्थ इन्टरनेशनल कलेजमा अध्ययनर विक्की गुप्तालाई पक्राउ गरेको छ ।
कक्षा कोठामा बसिरहेको अवस्थामा प्रहरीले गुप्तालाई हिरासतमा लिएको लिएको थियो । गुप्ताले लगाएको कपडामा रगतको दाग देखिएकोले अनुसन्धानका लागि पक्रेको प्रहरीले जनाएको छ । सहपाठी हत्याको विरोधमा कलेजका विधार्थीहरुले यहाका सम्पूण कलेज बन्द गराएका छन् ।
हत्यारालाई कारवाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडि घेराउ गरेका छन् ।