काठमाडौँ – काठमाडौंबाट प्राप्त समाचार अनुसार नेकपा (एमाले) स्थायी कमिटी सदस्य केपी ओलीले गृह मन्त्रालय एकीकृत माओवादीलाई कुनै पनि हालतमा दिन नसकिने बताउनुभएको छ ।
नेकपा (एमाले) रुपन्देही काठमाडौँ सम्पर्क मञ्चको आठौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उहाँले वाइसीएलका कमान्डरलाई सुरक्षा निकायको जिम्मा दिँदा अराजककता बढ्ने भएकाले गृह मन्त्रालय दिन नसकिने स्पष्ट पार्नुभयो ।
पार्टीको स्थायी कमिटी बैठकले एमाओवादीलाई गृह मन्त्रालय नदिन र गृहमन्त्री विष्णु पौडेललाई दिने विषयमा समेत निर्णय भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।