काठमाडौ – माओवादीले शसस्त्र युद्ध थालिनीको १६ औं बर्षगाँठ आइतबार मुलुकभरी विभिन्न कार्यक्रम गरी मनाउँदै छ । परिवर्तनका लागि भन्दै २०५२ सालमा हतियार उठएको माओवादीले शान्ति प्रक्रियामा आएपनि प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध वर्षका रुपमा मनाउदै आएको छ ।
माओपार्टी सहित भातृ संगठनहरुले पनि विभिन्न कार्यक्रको आयोजना गरेका छन् । गत शुक्रबार बसेको माओवादीको स्थायी समितिको बैठकले दिवसलाई शान्तिपूर्ण र चियापान गरी मनाउने निर्णय गरेको हो । युद्धको उद्गगम स्थलको रुपमा मानिएको रोल्पामा सहभागी हुन पार्टी अध्यक्ष सहित केही शिर्ष नेता त्यसतर्फ प्रस्थान गरिसकेका छन् । त्यस्तै दिवसका अवसरमा माओवादीले आरान्ह्र चियापान तथा साँझमा दिपावली गर्ने कार्यक्रम राखेको छ ।
माओवादीले शान्ति र संविधान लेख्न दवाव दिन आजकै दिन आन्दोलनको घोषणा गरेको बताएपनि सरकारमा सहभागी हुने भएपछि स्थगित गरेको छ । दिवसकै अवसरमा वाइसिएल नेपालले पनि अपरान्ह्र नयाँ बानेश्वरमा विषेश कार्यक्रम गर्ने भएको छ ।



