काठमाडौं – महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी रणबहादुर चन्दलाई उनकै अंगरक्षकले गएराति दुई राउन्ड गोली प्रहार गरेका छन्। एसएसपी चन्द र उनका अंगरक्षक कर्णबहादुर साउदबीच विवाद भएपछि साउदले चन्दलाई ताकेर गोली हानेका थिए। तर उनलाई गोली लागेन।साउदलाई प्रहरीले १ नम्बर गण, नक्सालमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।



