काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग एमाले अध्यक्ष झलनाथ खनालले गरेको सात बुँदे सहमति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीले स्वीकार नगर्ने भएका छन् ।
सात बुँदे सहमतिलाई कार्यान्वयन गर्न माओवादीबाट चर्को दबाब आइरहेकाबेला नेपाल-ओली समूह त्यसको विपक्षमा उभिएका छन् । सहमतिका विषयमा साझा धारणा तय गर्न नेपाल-ओली समर्थित केन्द्रीय सदस्यहरुले आइतबार पार्टी मुख्यालय बल्खुमा छलफल गरेका छन् ।
नेपाल-ओली पक्ष माओवादीलाई सुरक्षासम्बन्धी मन्त्रालय दिन नहुने पक्षमा अडिग रहनेसमेत निर्णयमा पुगेका छन् । ‘त्यसका लागि अध्यक्ष खनाललाई दबाब दिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



