प्रमुख प्रतिपक्षी कांग्रेससहित १४ दलले पछिल्लोपटक माओवादी र एमालेबीच भएको सात बुँदे सहमतिलाई संसदमा उठाउने

काठमाडौं – प्राप्त समाचार अनुसार प्रमुख प्रतिपक्षी कांग्रेससहित १४ दलले पछिल्लोपटक माओवादी र एमालेबीच भएको सात बुँदे सहमतिलाई संसदमा प्रभावकारी ढंगले उठाउने भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार भएको १४ दलको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । ७ बुँदे सहमतिले शान्ति प्रक्रिया भाँड्ने ठहर गर्दै ती दलले संसदमा यस विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकले नियमितरुपमा संसद् बैठक बोलाउन माग गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । ती दलले प्रतिपक्षीको भूमिकामा रहेर प्रभावकारी खबरदारी गर्ने निर्णयसमेत गरेका छन् ।