– दामोदर वस्नेत
दाङ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छेले विकासलाई विकेन्द्रीकरण गर्नका लागि संघीयता आवश्यक रहेको वतएका छन् । नेपाल मजदुर किसान पार्टीले राज्य पुनरसंरचना सम्वन्धमा नेमकिपाको अवधारणा र चार अन्तर्राष्ट्रिय पत्रकार पुस्तक विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष बिजुच्छेले यस्तो वताएका हुन् । अध्यक्ष विजुच्छेले पश्चिम क्षेत्रको विकास गर्नका लागि राजधानी काठमान्डौवाट दाङ सार्नुपर्ने मुख्य उदेश्यका साथ आफुहरु अभियानमा लागेको वताएका थिए ।
उनले राज्यको पुनर्संरचना गर्दा बसोबास एक ठांउ, सरकारी कार्यालयहरु एक ठाँउमा गरी विभिन्न क्षेत्र छुट्याउनु पर्ने वताए । त्यस्तै उनले चितवनमा औद्योगिक क्षेत्रको राम्रो संभावना भएकाले त्यस क्षेत्रलाई औद्योगिक र काठमाण्डौलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने वताए । भुमिसुधार नहुँदासम्म राज्यको विकास हुन नसक्ने उनको धारणा थियो । स्वायत्तताको अधिकार सवै स्थानीय निकायहरुलाई प्रदान गरेको भएमा अहिले संघीयताको आवश्यक नै नपर्ने अध्यक्ष विजुच्छेको तर्क थियो । उनले अहिले विवाद भईरहेको एक मधेश एक प्रदेश भएमा झनै समस्या पर्ने वताए ।
नेपाल क्रान्तिकारी मजदुर संघ प्रथम राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नवराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले राज्य पुनर्संरचना गर्दा सवैको आत्मनिर्णयको अधिकार तथा व्यक्तिगत र आर्थिक विकासमा ध्यान दिनुपर्ने वताएका छन् । उनीहरुले संघीयता आवश्यक रहेको तर कस्तो संघीयता निर्माण गर्ने भन्ने पक्ष महत्वपूर्ण रहेको वताएका थिए । नेमकिपाले ल्याएको १४ वटा राज्यहरु वनाउनुपर्ने भन्ने अवधारणामा आफ्नो धारणा राख्दै कार्यक्रममा बोल्ने वक्ताहरुले १४ वटा राज्यहरु वनाउँदा आर्थिक समस्या पर्ने भएकाले थोरै राज्यहरु निर्धारण गर्नुपर्ने तर्क गरेका थिए ।
त्यस अवसरमा नेमकिपाका केन्द्रीय सदस्य नारायण प्रसाद कोजु, प्रेस काउन्सील नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, एकिकृत माओवादीका जिल्ला सेक्रेटरी सुवाष पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ओम बहादुर केसी, लोकतान्त्रिक कानुन व्यवसायी संघका रेवतीरमण भट्टराई, राप्ती शिक्षा क्याम्पसका क्याम्पस प्रमुख हुकुम वहादुर वुढाथोकी, महेन्द्र वहुमुखी क्याम्पसका सहायक प्राध्यापक कृष्णराज डिसी, बाम सहकार्यका लागि साझा मञ्च दाङका संयोजक सुशिल गौतम, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी, महिला पत्रकार मञ्च दाङकी शारदा शर्मा लगायतकाले आ