राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले एकीकृत नेकपा माओवादीलाई गृह मन्त्रालय दिन नहुने बताउनु भएको छ । पर्साको वीरगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सुरक्षाका दृष्टिकोणले गृह मन्त्रालय संबेदनशील भएकाले अहिलेकै अवस्थामा माओवादीलाई दिन नहुने बताउनु भयो ।



