मधेसी जनअधिकार फोरमले वर्तमान सरकारको प्रारम्भ नै उत्साहजनक नभएको भन्दै सरकारमा नजाने संकेत

विराटनगर – प्राप्त समाचार अनुसार मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको प्रारम्भ नै उत्साहजनक नभएको बताएका छन् ।

विराटनगरमा सोमबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आएका यादवले सञ्चारकर्मीसँग भने ‘बहुमतको सरकार हो तर, सुरूआत उत्साहजनक छैन ।’ आफ्नो पार्टी सरकारमा सहभागी हुने भन्दै आएको खबर बेठीक रहेको दाबी उनले गरे । उनले भने ‘बहुमतको सरकारमा हामी किन जानु पर्‍यो । हाम्रो पार्टीभित्र त्यस्तो निर्णय भएकै छैन ।’

एमाले र माओवादीका अध्इक्षबीचको सात बुँदै सम्झौताले दुवै पार्टीमा विवाद खडा गरेका बेला सरकारले स्पष्ट पार्न जरूरी रहेको भनाइ उनको थियो । उनले भने ‘सरकार स्पष्ट नभइन्जेल विकल्प छैन ।’ शान्ति प्रक्रिया टुंगोमा पुर्‍याइ माओवादीका लडाकुको व्यास्थापन, तोकिएकै मितिमा नया संविधान र मधेसी, दलित, जनजातिसँग भएमा सम्झौता पालनाका मुख्य तीन आधार स्पष्ट पारेका खण्डमा तिनलाई कार्यान्वयन गराउन आफ्नो पार्टी सरकारमा जान सक्ने उनले बताए ।

उनले भने ‘तीन आधार पुरा गर्ने ठोस नीति स्पष्ट पारिदैन भने हामी जानु नजानुको कुनै अर्थ छैन । त्यसै पनि हाम्रो पार्टी सामेल भएन भने सरकारलाई बहुमत नपुग्ने होइन ।