
एकीकृत नेकपा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकार सहभागी हुने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि केही दिन भित्रै मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ ।
मंगलबार विहान बसेको माओवादी पदाधिकारी बैठकले सात बुँदे सहमतिलाई कार्यान्वयन गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको हो । स्रोतका अनुसार माओवादीले गृह, परराष्ट्र, स्थानीय विकासलगायतका मन्त्रालय पाउने छ ।

प्रधानमन्त्री निर्बाचनको क्रममा सभासद खरिदका लागि चिनियाँ व्यापारीसँग पचास करोड रुपैयाँ मागेको अडियो टेप सार्बजनिक भएपछि विवाद तानिएका महरामाथि आफ्नै पार्टी नेतृत्वको सरकारमा सन्चारमन्त्री हुँदासमेत उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । पार्टी भित्रको एकथरी समुह महराको नेतृत्वमा सरकारमा सहभागी नहुने पक्षमा भए पनि अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने महराकै नेतृत्वमा सरकारमा पठाउने तयारी गरिएको हो ।
काठमाडौंको नयाँबजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल





