
मदन भण्डारी स्मृति प्रतिष्ठानका संरक्षक समेत रहेका ओली आए कालो झण्डा देखाउने र कार्यक्रम बहिष्कार गर्ने माओवादीले चेतावनीले दिएपछि आयोजकले माओवादी सभाषद् सञ्चपाल मादेनलाई प्रमुख अथिति बनाएर कार्यक्रम गरेका छन्। गत २६ गतेबाट शुरु भएको विकास महोत्सवको अन्तिम दिन बुधबार तयार पारिएका रणनीति सार्वजनिक गरिएको छ। मादेन मुख्य अथिति भएपछि मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् एमाले नेता गुरु बरालले भण्डारीको जन्म घरको पुननिमार्ण कार्य र मदन पुष्प बाटिकाको समुद्घाटन गरे। माओवादी श्रोतका अनुसार ओलीले माओवादी बिरुद्ध आक्रामक बोल्ने भएकोले कार्यक्रम बहिष्कारको चेतावनी दिईएको हो। तर एमाले जिल्ला अध्यक्ष तिलकुमार मेन्याङबोले भने निषेधको राजनीति गरेर राजनतिक चरित्र बिपरित प्रर्दशन गरेको बताए।

यसैबीच देशभर लोडसेडिङ र अध्यारोले सताई रहेका बेला ताप्लेजु्कको ढुङगेसाघु भने अध्यारो मुक्त क्षेत्र घोषणा गरिएको छ। ४ सय २१ घरधुरी भएको सो क्षेत्रमा हाल कुनै पनि घरमा अध्यारो नरहेको र सबे घरमा बैकल्पिक उर्जा तथा लघु जलबिधुतबाट उर्जा बितरण भएको मुल समारोह समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए।




